
काठमाण्डौ ,साउन २२।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा स्थगित गर्न सीसीएमसीमा सिफारिश गरेको जानकारी दिएका छन्।
उनले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’
यही साउन ३२ गतेबाट कक्षा १२ को परीक्षा हुने कार्यतालिका छ। तर कोरोनाको प्रकोप बढिरहेकाले सो परीक्षा स्थगित गर्न माग हुँदै आएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेसमेत सो परीक्षा स्थगितका लागि पहल भइरहेको बताएका छन्।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
— Umesh Shrestha (@MohpStateMin) August 6, 2021