ऋचा शिक्षा सह सदनका प्रमुख खड्का शिक्षा मन्त्रीबाट सम्मानित

Richa Saha-Siksha Sadan
समाजका विभिन्न क्षेत्रमा अनवरतरुपमा योगदान पुराएका व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन् । फोकस नेपालको नवौं वार्षिकोत्सवको अवसरमा समाजिक क्षेत्रमा योगदान पु¥याएका संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, प्राविधिक, कृषि जस्ता क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरेका हुन । राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित श्री ऋचा शिक्षा सह सदनका प्रमुख नवराज खड्का, कास्कीका सोमनाथ बाँस्तोला देखि कालिकोट, मोरङ, कञ्चानपुर, चितवनका साथै पशुपालनलगायतका स्थानमा बसी समाजमा निस्वार्थ रुपमा योगदान गरेकाहरुलाई फोकस नेपालले सम्मान गरेको हो ।

ऋचा शिक्षा सह सदनका प्रमुख खड्काले आफ्नै सबै समय शिक्षामा दिई प्राविधि, सुधारात्मक तथा गुणात्मक शिक्षालाई सदैव आत्मसाथ गर्दै व्यवसायिकताबाट माथि रही सेवाभावले शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै सम्मान गरिएको नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले जनाएका छन् । सम्मान कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।