
काठमाडौं: चन्द्रागिरी-१४, नयाँ नैकापस्थित SANN International College ले आगामी श्रावण ३० गते एक वृहत् विज्ञान प्रदर्शनी (Exhibition) आयोजना गर्ने भएको छ। विज्ञान र नवप्रवर्तनको क्षेत्रमा विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यका साथ ‘Explore, Experiment, Excel’ भन्ने नाराका साथ यो प्रदर्शनी सञ्चालन हुन लागेको हो।
कलेजद्वारा सन् २०२४ मा स्थापित SANN BioSphere Community को सहकार्यमा हुन लागेको यस कार्यक्रममा बीएससी बायोटेक्नोलोजी, बीएससी सीएसआईटी र +२ साइन्स संकायका विद्यार्थीहरूले आफ्ना रचनात्मक र वैज्ञानिक परियोजनाहरू प्रदर्शन गर्नेछन्। यस प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्न र उनीहरूलाई अनुसन्धान तथा आविष्कारका लागि प्रोत्साहित गर्न मद्दत पुग्ने कलेज प्रशासनले जनाएको छ।
प्रदर्शनीका उत्कृष्ट प्रस्तुतिहरूलाई कलेजले आकर्षक नगद पुरस्कारको व्यवस्था गरेको छ। पुरस्कार राशीको विवरण यस प्रकार रहेको छ:
BSc. Biotechnology तर्फ प्रथम विजेतालाई रु. ४,०००, प्रथम उप-विजेतालाई रु. २,००० र द्वितीय उप-विजेतालाई रु. १,५०० प्रदान गरिनेछ।
BSc. CSIT तर्फको प्रतियोगितामा प्रथम हुने विजेतालाई रु. २,००० र उप-विजेतालाई रु. १,००० को नगद पुरस्कार दिइनेछ।
+2 Science तर्फ प्रथम विजेतालाई रु. ३,०००, प्रथम उप-विजेतालाई रु. १,५०० र द्वितीय उप-विजेतालाई रु. १,००० को पुरस्कार दिइने घोषणा गरिएको छ।
कलेज प्रशासनले यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई विद्यार्थीहरूको मनोबल बढाउन सबैलाई आमन्त्रण गरेको छ। थप जानकारीका लागि कलेजको फोन नम्बर ०१-४५२०५०९, ०१-४५३०८४० मा सम्पर्क गर्न सकिने वा www.sann.edu.np वेबसाइट र [email protected] इमेलमार्फत पनि बुझ्न सकिनेछ।





