
२१ भदौं ०७८, काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएको छ । वैशाखदेखि बन्द भएका विद्यालयहरू आगामी असोज १ गतेदेखि खोल्न लागिएको हो।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र त्यसको अनुगमन गर्नुपर्ने बैठकले निर्णय गरेको छ।