‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि चन्द्रागिरिबाट कंकाली मावि छनोट

shree kankali madhyamik vidyalaya

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत् ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिकाका कंकाली माध्यमिक विद्यालय छनौट भएका छन् ।



jibss

‘पढ्दै कमाउँदै’ अर्थात् ‘लर्निङ वाई अर्निङ’ कार्यक्रमका लागि जिल्लाको चन्द्रागिरि नगरपालिकाका–९ बाट कंकाली माध्यमिक विद्यालय छनौट भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार जारी गरेको सूचना अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मुलुकभरका १४० विद्यालय छनोट भएका हुन् ।

विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।

छनोट भएका विद्यालयमा काठमाण्डाैका २ विद्यालय परेका छन् जसमा चन्द्रागिरि १३ स्थित कंकाली मावि मा कम्प्युटर इन्जिनियरिङ तथा बुढानिकण्ठस्थित बुढानिलकण्ठ स्कूल कृषि कार्यक्रमका लागि छनोट भएका हुन ।