
चन्द्रागिरि वडा नं. ५ किसिपिदी मा रहेको सन साइन स्कुल द्वारा आयोजित अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक मनिक महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षक श्रीशा भण्डारी प्रमुख वक्ता थिए ।
विद्यार्थीका अभिभावकका निम्ति गत शनिबार सो एक दिने अभिभावक अभिमुखीकरण आयोजना गरिएको थियो।
नानीबाबुहरुको शारीरिक र मानसिक भरणपोषणको जिम्मा छुट्टाछुट्टै रूपमा अभिभावक र शिक्षकको मात्र नभई दुवै पक्षको बराबरी दायित्व हुने कुरा वक्ताले अभिभावकसामु राखेका थिए।
उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष राम नारायण घिमिरे, विद्यालयका सञ्चालक समिति अध्यक्ष राजा नकर्मी र ५१५ अभिभावकहरूको साथै विद्यालयका सबै कर्मचारीहरूको सहभागिता ज्यादै उत्साहपूर्ण र उल्लेखनीय रहेको सन साइन स्कुलका प्रधानाध्यापक मनिक महर्जनले बताए ।