
काठमाडौँ, फागुन १२। आज चर्चित हास्यकलाकार दिपकराज गिरीकी छोरी मौषमी गिरीको शुशिल पण्डितसँग विवाह सम्पन्न भएको छ । मौसमीले नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा शुशिल पण्डितसँग विवाह गरेकी हुन् । शुशिल पण्डितसँग मौसमीको गत माघ २४ गते इन्गेजमेन्ट भएको थियो । मौसमी र शुशिल केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका थिए।
मौषमी र शुशिलको विवाहमा जन प्रतिनिधि च.न.पा.का मयर घनश्याम गिरि, च.न.पा. वडा १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो। हामीले मौसमीको विवाहको तस्विर राजेन्द्र केसीको फेसबुकबाट लिएका हौ ।