हास्यकलाकार दिपकराज गिरीकी छोरी मौषमीको विवाह सम्पन्न

काठमाडौँ, फागुन १२। आज चर्चित हास्यकलाकार दिपकराज गिरीकी छोरी मौषमी गिरीको शुशिल पण्डितसँग विवाह सम्पन्न भएको छ  ।  मौसमीले नुवाकोटको विदुर नगरपालिकाका मेयर  सञ्जु पण्डितका छोरा शुशिल पण्डितसँग विवाह गरेकी  हुन्  ।  शुशिल पण्डितसँग मौसमीको गत माघ २४ गते इन्गेजमेन्ट भएको थियो ।  मौसमी र शुशिल केहि वर्षअघि देखि प्रेम सम्बन्धमा रहेका थिए।

मौषमी र शुशिलको विवाहमा जन प्रतिनिधि च.न.पा.का मयर घनश्याम गिरि, च.न.पा. वडा १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो। हामीले मौसमीको विवाहको  तस्विर राजेन्द्र केसीको फेसबुकबाट लिएका हौ ।