चन्द्रागिरि ।
मुग्लिन-नारायणगढ सडक निर्माण आयोजनाले अासन्न पहिलो चरणको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आजदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ । अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उनको भनाइ छ । उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । रासस
Leave a Reply
You must be logged in to post a comment.