उम्मेदवारी दर्ता गर्न उत्साहजनक सहभागिता

काठमाण्डाै, वैशाख १९ ।

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनय दर्तका लागि चन्द्रागिरि नगरपालिकामा उत्साहजनक सहभागिता देखिएको छ । झाँकी तथा बाजागाजा सहित विभिन्न दलका उम्मेदवारहरू अा-अाफ्ना दलका कार्यकर्ताहरूको लावालस्कर सहित निर्वाचन अधिकृतको कार्यालय बलम्बुमा भेला भएका छन् । निर्वाचन अधिकृत गणेश नायकका अनुसार बिहान १० बजेबाट सुरू मनोनयन दर्ता कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने तथा मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारहरूको सुची अाजै साँझ ५ः३० बजे प्रकाशित गरिनेछ। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्य जारी छ ।