वैशाख २७, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट ३ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार तिन जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १२ का हरयाली बस्ने ५० बर्ष उमेर, च.न.पा १५ का तीनथाना बस्ने ४४ बर्ष उमेर र च.न.पा ७ का चेकपोष्ट बस्ने ५१ बर्ष उमेर रहेको चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको प्रमुख राममणी घिमिरेले बताउनु भएको हो ।।

उनले मृत्यु हुनेमा तिन नै जना पुरष रहेको बताए। साथै च.न.पा १२ का अस्पताल लैजाने क्रममा मृत्यु भएको र दुइ जना होम आइसोलेसन मै मृत्यु भएको बताए।

यसै वडा १२ र १५ मृत्यु हुनेमा कुनै दीर्घ रोग नभएको र वडा न ७ को जन्डिस रोग भएको बताए।