चन्द्रागिरि नगरपालिकाले ७५ बेडको कोभिड आइसोलेसन होल्डिङ सेन्टरको निर्माण गरेको छ ।
चन्द्रागिरि नगरपालिकाको तीन स्थानमा गरि ७५ बेडको कोभिड आईसोलेसन होल्डिङ सेन्टरको व्यवस्थापन र सञ्चालन कार्य अन्तिम चरणमा पुगेको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले बताउनुभयो।
नगरस्तरीय सामुदायिक अस्पताल मातातीर्थ च न पा ८ मा ३० बेड, नहुदा अस्पताल च न पा १२ मा १५ बेड र थानकोट प्राथमिक अस्पताल र च न पा ३ को नवनिर्मित वडा भवनमा ३० बेड गरि हाललाई ७५ र आवश्यकता अनुसार थप गर्न सकिने, उक्त स्थानहरुको निरिक्षण अनुुगमनको क्रममा नगरप्रमुख गिरीले बताउनु भएको हो ।
च.न.पा ८ का वडाध्यक्ष सन्तोष खड्का, च.न.पा १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, च.न.पा ३ का वडाध्यक्ष दुर्गालाल महर्जन र च.न.पा ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीको विशेष पहलमा सम्बन्धित वडामा उक्त व्यवस्थापन कार्य द्रुत गतिमा सम्पन्न हुन लागिरहेको छ। मंगलवारको अनुगमनमा नगर प्रवक्ता हरिभक्त महर्जन, प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडका साथै स्वास्थ्यकर्मीहरुको पनि उपस्थिति रहेको थियोे।
Leave a Reply
You must be logged in to post a comment.