२४ भदौ, काठमाडौं । बिश्व्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण चन्द्रागिरि नगरपालिका भित्र पनि निरन्तर वृद्धि भईरहेको छ। लामो समयको लकडाउन र फेरि तीन सातादेखि जारी रहेको निषेधाज्ञाका कारण सर्वसाधारण जनता भोक भोकै बस्नु पर्ने अवस्था सृजना भइरहेका बेला काठमाडौं, ललितपुर र भक्तपुुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई २०७७।०५।२४ गते रातको १२:०० बजे देखि खुकुलो बनाउने निर्णय गरेका हुन्।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले चन्द्रागिरि नगरपालिकामा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीका पसलहरु बिहान ०५:०० बजे देखि बेलुकी ०७:०० बजेसम्म खोल्न पाइने बताउनु भयो। उनले पसल हरु बिहान खोल्ने दिउसों बन्द गर्ने र फेरी साझं खोल्ने बेलुका बन्द गर्ने गर्दा दिनमै खोल्ने बन्द गर्ने खोल्ने बन्द गर्ने गर्दा व्यवसायहरु अप्ठ्यारो र अन्योलमा पर्ने हुनाले नगरपालिका भित्र बिहान ०५:०० बजे देखि बेलुकी ०७:०० बजेसम्म खोल्न पाइने व्यवस्थापन गरेको बताउनु भयो।
चन्द्रागिरि नगरपालिकाका नगर प्रबक्ता/ वडा न ११ का वडा अध्यक्ष हरि भक्त महर्जनले वडा कार्यालयहरू तथा नगरपालिका कार्यालय हाललाई नक्शा पास बाहेकका आवश्यकता अनुसारका कार्यहरू संचालन गरिने बताउनु भयो। उनले नियमहरू पालना नगरेमा चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन २०७७ तथा प्रचलित कानूत बमोजिम जरिवाना तथा कार्वाही हुने बताउनु भयो।
यसै साथ उनले अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने, मास्क लाउने, स्यानिटाईजर, पन्जा , सामाजिक दूरी कायम गर्ने, गराउनेमा आफु हरु पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो।
साथै पछिल्लो विवरणअनुसार चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमण बाट मृत्युको संख्या दुइ र कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २०१ छन्।
Leave a Reply
You must be logged in to post a comment.