नगर र गाउँ पालिकाका हरेक वडामा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डाै, वैशाख ५ । – 

देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार वैशाख ६ र ७ गते  भिटामिन ए खुवाउने कार्यक्रम रहेको छ । यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाँउपालिकका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसका लागि स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरका सबै वडाहरूमा यसका लागि अावश्यक तयारी पुरा भइसकेको स्थानीय स्वास्थ्य चाैकीहरूले चन्द्रागिरि न्युजलार्इ जानकारी दिएका छन् ।

भिटामिन ए ले बालबालिकामा पोषणसँगै स्वास्थ्य राम्रो राख्न तथा विभिन्न रोगहरुसँग लड्ने क्षमता बढाउन मद्धत गर्छ । भिटामिन ए को कमीका कारण बालबालिकाको आँखाको दृष्टि कमजोर हुने, शारीरिक वृद्धि राम्रोसँग नहुने, पछि प्रजनन् स्वास्थ्यमा समेत समस्या देखिन सक्ने हुँदा सबै बालबालिकालाई भिटामिन ए खुवाउन क्षेत्रीय स्वास्थ्य निर्देशक भिम आचार्यले आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले हरेक ६-६ महिनामा बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि निःशुल्क खुवाउने गर्दछ ।