काठमाडौं । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । आज पोखरामा एकजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
आज गण्डकी प्रदेश, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइसोलेसनमा रहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको मृत्यु भएको हो ।
प्रि आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
वालिङ ३ का ६० बर्षिय पुरुषमा आइतबार साझँ मात्रै कोरोना भाइरसको पुष्टि भएको थियो ।

Leave a Reply
You must be logged in to post a comment.