बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने

कोभिड–१९ का सम्भावित संक्रमितलाई राख्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण भएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताल परिसरका सबै युनिट अन्यत्र सारिँदै छन् । त्यहाँ भर्ना भएर उपचाररत सबै बिरामीलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सार्ने तयारी गरिएको छ । बलम्बुमा करिब डेढ सय बिरामी उपचाररत छन् । डिस्चार्ज गर्न मिल्नेलाई घर पठाउने सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालमा अहिलेसम्म तीन जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । दुई जना टेकु अस्पतालमा उपचाररत छन् । तीमध्ये १९ बर्षकी किशोरीको स्वास्थ्य अवस्था सुधारहँुदै गएको छ भने कोरोना संक्रमण देखिएर बुधबार अस्पताल भर्ना भएका ३२ बर्षिय युवकको भने स्वास्थ्य अवस्थामा समस्या देखिएको टेकु अस्पतालले जनाएको छ ।

यही चैत्र ६ गते यूएईबाट नेपाल आएका ३२ बर्षका युवकको स्वास्थ्य अवस्था नेपाल आउँदासम्म ठिक थियो । नेपाल आएपछि उनी धादिङ घर नगइ काठमाडौंकै एक होटलमा बसे । चार दिनसम्म होटलमा बसेका उनलाई चैत्र १० गते ज्वरो र खोकी लाग्न थाल्यो । उनी १० गते टेकु अस्पताल गए । त्यहाँ उनको स्वास्थ्य परीक्षण भरहेको छ।