बस्ति टोल सुधार समितिद्वारा रु एक लाख पचिस हजार एक सय ५ रुपयाँ च.न.पा ३ आईसाेलेसन सेन्टरलाइ सहयोग

काठमाडौं । बस्ति टोल सुधार समितिद्वारा रु एक लाख पचिस हजार एक सय ५ रुपयाँ च.न.पा ३ आईसाेलेसन सेन्टरलाइ सहयोग गरेका छन् ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो। चन्द्रागिरि वडा नम्बर ४ थानकोट प्राथमिक अस्पतालमा रहेको साविक कोभिड व्यवस्थापन चन्द्रागिरि वडा नम्बर ३ को नवनिर्मित भवनमा ३० वेडको समुदायमा आधारित आइसोलेसन सन्देश स्थानान्तरण गरि आईतवार देखि सञ्चालनमा ल्याएको च.न.पा का वडा अध्यक्षले बताउनुभयो। बस्ति टोल सुधार समितिलाई सहयोगी हातहरुलाई मनन्देखि धन्यवाद ब्यक्त गर्नु भएको छ ।

नगरपालिकाले नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको र आवश्यकता अनुसार थप गरि १०० वेड क्षेमता सहित सञ्चालन गरिने व्यवस्था मिलाईएको च.न.पा. का प्रमुख घनश्याम गिरीले बताए ।

मातातिर्थमा अस्पतालमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको च.न.पा. ८  का वडा अध्यक्ष सन्तोष खड्काले बताए ।

चन्द्रागिरि १२ मा समुदायमा आधारित नहुदा अस्पतालमा १५ बेडको आइसोलेसन सेन्टरको व्यवस्थापनको अन्तिम चरणमा रहेको चन्द्रागिरि १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठले बताए ।

कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले जेठ १ गतेबाट उपचार पनि थालेको छ ।