काठमाडौंमा । चन्द्रागिरि नगरपालिका वडा न ११ मा शनिबार भेटिएका थप एक जना कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिका वडा न ११ बाल मा बस्ने रहेको खुलेको छ।
काठमाडौंमा शनिबार भेटिएका एक जना संक्रमित सिन्धुलीवाट असार १ गते काठमाडौंमा आईपुगेकी हुन। उनीलाई शनिबार राति नै अस्पतालमा भर्ना गरिएको हो। काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिका वडा न ११ सतुङ्गल स्तिथ नारायण वस्ति बाल मा बस्ने रहेको खुलेको हो।
सतुङ्गल बाल मा बस्ने ३२ वर्षीय महिला असार १ गते सिन्धुलीवाट काठमाडौं आएकी थिइन्। उनी लाई सशस्त्र प्रहरी अस्पताल बलम्बूमा भर्ना गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाकामा सङ्क्रमितको कुल सङ्ख्या ७ पुगेको छ। अहिलेसम्म ६ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।
साथै आज नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनु भएको छ।
थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ७७२ निकाे भएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.