५ भदौ काठमाडौं । सशस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचारको क्रममा एक पुरूषकाे मृत्यु भएकाे छ ।
अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार १० बजेतिर मृत्यु भएको अस्पतालका प्रबक्ता डा. प्रविन नेपालले पुष्टि गरे ।
काेराेना संक्रमित जिल्ला सप्तरी घर भई हाल धापासि काठमाडौं बस्ने बर्ष ७७ काे वृद्धकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रबक्ता नेपालकाे भनाई छ ।
उनलाई ग्रिन सिटि अस्पताल बाट रिफर गरेर हिजाे ७ बजे रिफर गरि ल्याई उपचारको क्रममा मृत्यु भएकाे थियाे ।
मृतक पुरूषकी श्रीमतीकाे पनि आईसियुमा उपचार भईरकाे अस्पताल स्राेतले बताएको छ ।
बिहीबार मात्रै कोरोना संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बालुवाटार निवासी ७६ वर्षीय वृद्धाको साँझ मृत्यु भएकाे थियाे भने याे सम्म तीन जना पुगेकाे छ ।
आजै बिहान ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शव व्यवस्थापनका लागि नेपाली सेनाले तयारी गरिरहेकाे छ ।
Leave a Reply
You must be logged in to post a comment.