चन्द्रागिरि नगरपालिकामा क्वारेन्टाइन र आईसोलेसन वार्ड स्थापना खै ?

राेसन दानी १८ चैत्र काठमाडौं ।बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईरस काेभिड १९ का कारण अाज लकडाउन भएकाे नाे दिन बितिसक्दा पनि हाल सम्म चन्द्रागिरि नगरपालिकामा क्वारेन्टाइन र आईसोलेसन वार्ड स्थापना हुन सकिरहेको छैन् ।

नगरपालिकाकोतर्फबाट चन्द्रागिरि ४ मा रहेकाे थानकोट प्राथमिक अस्पताललाई क्वारेन्टाइन बनाउने नगरपालिकाकाे निर्णय कार्यान्वयनमा अाउन सकिरहेकाे छैन् ।

अस्पतालमा १५ बेडको आईसोलेसन वार्ड स्थापना गरिन्छ र त्यसको व्यवस्थापन नगरपालिकाले गर्छ भने जुन सन्देश अहिले कार्यान्वयन नहुदा नगरवासीहरूकाे चासाे र गुनासा बढि रहेकाे छ ।
नगरपालिकाकाे मेयर घनश्याम गिरी,उपप्रमुख लिसा नकर्मी,वडा अध्यक्ष सहित चैत्र १० गते बसेकाे बैठकले थानकोट प्राथमिक अस्पताललाई क्वारेन्टाइनकाे रूपमा विकास गर्ने, दहचाेककाे श्रीकृष्ण माध्यमिक बिद्यालय,मनमाेहन अस्पताललाई पनि कार्यान्वयनमा ल्याउने निर्णय यति खेर बालुवामा पानी हालेकाे झै भएकाे स्थानीयहरूकाे गुनासाे छ ।

नगरपालिकाले थानकोट प्राथमिक अस्पताललाई क्वारेन्टाइन बनाउने भन्दै स्वास्थकर्मिहरुको जीवनरक्षाको लागि सुरक्षा कवच पिपिई (PPE),मास्क,लगायत आवस्यक औषधीहरु,केही स्वास्थ्यकर्मी समेत परिचालित भईसकेकाे अवस्थामा कार्यान्वयन नआउनु शङ्खाकाे हिसावले समेत हेरिएकाे छ ।

नगरपालिकाले नेपाली सेनाकाे बृजिङ्ग महाशाखाकाे पहलमा प्रत्येक स्वास्थय संस्थाहरुमा सुरक्षा कवच पिपिई बितरण पनि गरि सकिएकाे छ ।

हामीले चन्द्रागिरिका नगरपालिकाका प्रबक्ता हरिभक्त महर्जनलाई यश विषयमा जिज्ञासा लिदै किन चन्द्रागिरि नगरपालिकाकाे क्वारेन्टाइन निमार्णकाे निर्णयकाे कार्यान्वयनमा आउन सकेन भनेर प्रश्न गर्दा उनले भने,”हामीले लक्डाउन पश्चात् कार्यपालिकाकाे बैठकले अापतकालिन घडीमा निर्णय गरेका हाैं, सवै अावश्यक स्राेत र साधन पनि अस्पतालमा पठायाै, पछि केही स्थानिय र अस्पताल कर्माचारीकाे बिराेधले सम्भावना र क्वारेन्टाइन निर्माणकार्यमा अन्याेल उत्पन भयाे भने खवर प्राप्त भयाे मैले आजै फेरि बैठक बाेलाएकाे छु त्यहि क्वारेन्टाइन बन्छ र सशस्त्र प्रहरी अस्पतालमा पनि काेराेना राेगकाे अस्पताल धमाधम निर्माण हुदैछ ।

आवश्यक परेको अवस्थामा जुनसुकै बेलामा पनि उद्धार कार्य गर्न तयार रहेको बताईरहदा नगरपालिका निर्णयवाट पछि हट्नुकाे कारण रहेकाे प्रष्ट देख्न सकिन्छ ।त्यसैगरी हालसम्म यस नगरपालिकामा आजको मितिसम्म बिदेशबाट फर्कनेको संख्या सयाैं पुगेको छ भने उहाँहरु आ-आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा बसिरहनु भयको र कसैलाई पनि कोरना भाईरस रोगको लक्षणहरु नदेखिएको नगरपालिकाका नगर प्रबक्ता महर्जनले बताए ।उनलेे महामारीको प्रकाेप फैलन सक्ने हुदा अनिवार्य रूपमा एउटा तत्कालीन रूपमा क्वारेन्टाइन अावश्यक रहेकाे जानकारी दिए ।

तर केही दिन अगाडी अस्पताल निरिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रममा बाेदै उपप्रमुख लिशा नकर्मीले कोरोना भाइरसबाट संक्रमित शंकास्पद व्यक्तिहरुका लागि एम्बुलेन्सको व्यवस्था,दहचाेक स्थित मनमोहन अस्पताललाई पनि कोरोना संक्रमण चेकजाँचका लागि करिब २ सय बेडको क्वारेन्टाइन तयार पार्न लागिएको जानकारी दिएकी थिईनन् ।

यसाे भन्दै गर्दा न त चन्द्रागिरिमा हाल सम्म कुनै ठाउँमा क्वारेन्टाइन बन्न नै सकेकाे छ । जनताहरू प्रश्न गरिरहका छन खै त क्वारेन्टाइन र आईसोलेसन वार्ड ?