तनाबनै तनाब फेरि चन्दागिरिमा मात्रै १० जना कोरोना संक्रमित

काठमाडौँ — चन्दागिरि नगरपालिकामा मात्र शुक्रबार १० जनामा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाको मातातिर्थस्थित जनविकास विद्यालयको क्वारेन्टाइनमा बसेको ४ जना र बाहिर देशबाट आएका ६ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको नगरप्रवक्ता हरिभक्त महर्जनले बताए ।

बाहिर देशबाट आएका ६ जना संक्रमित अरु देशबाट आएको र उनीहरुको खोजी भइरहेको उनले बताए । क्वारेन्टाइनमा ४ जना संक्रमित बलम्बुस्थित कोभिड–१९ अस्पतालमा पुर्‍याइसकेको उनले बताए ।

स्थानीय चप्पल फ्याक्ट्रीमा काम गर्न दाङ, सिन्धुली, अर्घाखाँची र काभे्रबाट असार ५ गते आएका ३१, ५३, ४२ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनु भएको हो।

बाहिरी जिल्लाबाट वडामा प्रवेश गर्ने जो कोही वडाको समन्वयमा १४ दिन क्वारेन्टाइन बस्नैपर्ने र परीक्षण रिपोर्ट आएपछि मात्र अन्य निर्णय लिइने खड्काले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य सामग्रीको अभावका बाबजुद पनि क्वारेन्टनलाई निरन्तरता दिइने र बाहिरी जिल्लाबाट वडा प्रवेश गर्नेलाई वडाको समन्वय विना पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको पनि खड्काले बताउनुभयो ।