थप २८८ जनामा कोरोना पुष्टि, कुल संख्या २०९९ पुग्यो

काठमाडौं, जेठ २० गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।