नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निकाे भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुग्यो

काठमाडौँ, जेठ २२ गते ।

नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 काेराेना भाइरसकाे सङ्क्रमणबाट थप १२ जना निकाे भएर डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।

पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएकाे छ ।

आज डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना ९ आैं दिनमा र कलैया अस्पताल बाराबाट सात जना १० दिनदेखि १७ दिनमा निको भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।देवकोटाले दिनु भएको जानकारी अनुसार पाल्पा पूर्वखोला गाउँपालिकाका एक ४५ बर्षीय पुरुषमा मृत्यु पछि गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिएको हो । उनको मृत्युसंगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

मृतक व्यक्ति गत आइतबार मात्र भारतवाट आएका र पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पास्थित शम्भु मा।वि।क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने ,खकारमा रगत समेत देखिएको र पेट फुल्लिने जस्ता लक्ष्यण देखिएपछि उनलाई तत्काल उपचारका लागि गत सोमबार तानसेनको मिसन अस्पतालमा लगिएको थियो । तर उनको आइसीयुमा राखेर उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको थियो ।