विजयादशमी सकियो, जमरा नफाल्नुस !

चन्द्रागिरि ।

विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ । जाै खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइर्ं उनीहरूको छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

साधारण घाँसजस्तै देखिने जमारामा हरियो साग सब्जि जति गुणहरुले भरीपूर्ण यो घाँसको खानामा पनि प्रयोग गर्न सकिन्छ  । जमरा खानाले हुने फाइदाहरु :

strong>१. भोक कम लाग्छ  गहुँको जमरामा न्यूट्रिएंट्सले भरीपूर्ण हुन्छ  । यसको सेवनले शरीरको लागि अतिआवश्क तत्वको परिपूर्ति हुन्छ  । साथै मोटोपन कम गर्न चाहनेहरुका लागि पनि यसले फाइदा गर्छ  । यसको रस पिउनाले केही घण्टा केही नखाई बस्दा पनि कमजोरी महसुस हुँदैन  । विहान–विहान खाली पेटमा यसको रस खानाले धेरै खानबाट बच्न सकिन्छ  ।

२.  ब्लडप्रेसर सन्तुलन राख्छ  यसको रस खानाले ब्लडमा अक्सिजनको सर्कुलेशन सहि तरीकाले गर्छ  । यसको रसलाई अनुहार र गलामा कपडाको सहायताले लगाउनाले पनि ब्लड सर्कुलेशनमा सहयोग पु¥याउँ छ  ।

३. अन्य फाइदा  पाचनक्रियामा सहायक, आर्थराइटिसबाट छुटाकरा, कमजोरी, स्वास गनाउँने, पसिना गनाउने, छालाको रोगी, दाँतलाई बलियो बनाई राख्न, कलेजोको सफाई, ब्लडसुगरको अवस्था लाई नियमित, क्यान्सरबाट बचाउन, संक्रामक रोगबाट मुक्त

४. पाचनमा सहायक   यसमा भिटामिन बि, एमिनो एसिड र अन्य कयौ प्रकारका इन्जाइम्स पाइन्छ  । मसालेदार खाना खाँदा हुने सारा समस्या, अपच, फुडप्वाइजन र मुख र छालाको समस्या बाट छुटकारा दिलाउँछ  ।

५.आर्थराइटिसबाट बचाउ उमेर बढ्दै जाँदा आमबातको समस्या देखिन्छ  । यसका लागि हरेक प्रकारका औषधि र अप्रेशन एकमात्र उपाय हो  । तर यो समस्याबाट टाढा रहन जमराको रस सेबन गर्नु राम्रो मानिन्छ  । यसमा पाइने क्लोरोफिल आर्थराइटिसको समस्याबाट बच्न सहयोग पु¥याउँछ  । विहान विहान उठ्दा जोर्नीको हड्डी दुख्ने विरामीका लागि पनि ठीक हुन्छ  ।

६. कमजोरी बाट बचाउँछ इम्यून सिस्टमको कमजोरीबाट थकाई लाग्नु र चक्कर आउन स्वभाविकै हो  । त्यसैले यसमा पाईने क्लोरोफिलले शरीरमा अक्सिजनको प्रवाह सही तरीकाले राख्छ र शरीरको लागि जरुरी नयाँ सेलको निर्माण गर्छ  । साथ साथै पुराना सेलहरुलाई पनि बलियो बनाउछ अर्थात् तन्द्रूस्त राख्छ र कमजोरी या थकाई लाग्ने समस्या हटाउँछ  ।

 ७. श्वास र गन्ध हटाउँछ  पसिना गनाउने र मुखमा पैदा हुने दुर्गन्ध बाट मुक्ति पाउन बजारमा अनेक प्रकारका औषधी नपाईने त होइन तर ति औषधी लगाउँदा या खाँदा त्यसबाट हुने असर बारे हामीलाई त्यति थाहा हुँदैन । हामी एउटा समस्या बाट टाढा रहन औषधी सेवन गर्छौैै भने त्यसबाट हुने हानी बारे ख्याल हुँदैन तसर्थ घरमै आÏनै हातले बनाउन सकिने यो घाँस अर्थात जमराको रसले श्वास गनाउने र पसिनाबाट हुने दुर्गन्धलाई खतम गरिदिन्छ  ।

८. दाँत बलियो बनाउनका लागि यसको जुसलाई करीब ३ मिनेट सम्म मुखमा राखेर पटक पटक कुल्ला गर्नाले दाँत बलियो हुनुको साथै सास फेर्दा मुखबाट आउने दुर्गन्ध हटाउँछ ।

९. छालाको घाउलाई भर्छ  घाउ भएर खाल्टो देखिएको ठाउँमा यसको जुस पीउनाले घाउ पुरिँदै जान्छ । डण्डिफोरका दाग, अनुहारको पोतो आदि हटाउँछ । अनुहारमा लगाउँदा नरम कपडाको सहायताले लगाउने र राम्ररी सुकी सकेपछि नरम रुमालले पुछ्ने ।

१०. कलेजोको सफाई र सुरक्षा  मादक पदार्थ सेवन गर्ने, तारेको चिजहरु, ज्यादा चिल्लो खानेकुराहरु, बजारको रेडिमेड खानाहरु खाने गर्नाले कलेजोमा नजानिदो असर पुगी राखेको हुन्छ । त्यसैले गहुँको जमराको जुसले खानाले फाइदा दिन्छ । शरीरमा भएका विकारहरु Ïयाँकि दिन्छ ।

११. दम, वाथको समस्याबाट बचाउँछ   चिसोको कारणले हुने अधिकांश रोग दम, बाथको लागि यो जमराको जुसले सहयोग पुर्याउँछ ।

१२. ब्लड सुगरको कन्ट्रोल  गहुँको जमराको जुस खानाले शरीरमा ग्लुकोजको मात्रा कम गर्नुको साथै डाइविटिजरोगबाट राहत मिल्छ ।  शरीरलाई तन्द्रुस्त राख्छ । ब्लड सर्कुलेशनमा सहायता पुर्याउँछ अक्सिजनको कमीले हुने समस्याहरुबाट मुक्त गर्छ । क्यान्सर लाग्न बाट बचाउँछ

Advertisements