बृहत रक्तदान कार्यक्रम हुने

यही आँउदो चैत्र २८ गतेको दिन थानकोट जेसिस, लायन्स क्लब अफ चन्द्रागिरी र थानकोट स्वास्थय चौकीको संयुक्त आयोजना तथा थानकोट आर्मी क्याम्पको साथमा नेपाल रेड क्रस सोसाइटीले बिहान ८ बजे देखि दिनको १ बजे सम्म बृहत रक्तदान कार्यक्रम सन्चालन गर्ने भयको छ। यो कार्यक्रम चन्द्रागिरी न.पा. वडा नं ४ मा अवस्थित थानकोट साझाघरमा आयोजना हुँदैछ।

बिभिन्न क्षेत्रका बिशेष अतिथिहरुको उपस्थितिमा सन्चालन हुनगईरहेको यस सामाजिक कार्यको प्रमुख उदेश्य भनेको नयाँ सालको शुरुवात अरुको जिवन बचाएर गरौं भन्ने तथा तराईका बिभिन्न क्षेत्रमा हावाहुरीले घाइते बनाएकाहरुको लागि सहयोग गर्ने मनशाय बोकेको हो भन्ने कुरा यस कार्यक्रमका संयोजक ई. भुवन गिरीले बताय। सह-संयोजक राहुल गोपालीका अनुसार धेरै संस्था मिलेर गर्दा धेरै जनसहभागिता हुने र धेरै रगत संकलन गर्न सकिने र धेरैको ज्यान बचाउन ठुलै टेवा पुग्ने बताए।