
साझा स्वास्थ्य सेवाले प्राथमिक अस्पताल थानकोटमा चौविसै घण्टा बिक्री कक्ष सञ्चालन गरिने भएको छ।
साझा स्वास्थ्य सेवा संस्थाले सर्वसधारण विरामीहरुको सुविधाका लागी राष्ट्रका सात वटै प्रदेशमा तीस वटा बिक्री कक्षहरु प्राय ः सरकारी अस्पताल परिसर भित्र खोलेर सबै भन्दा ठुलो राष्ट्रिय सञ्जाल विस्तार गरी सुपथ मुल्यमा चौविसै घण्टा गुणस्तरयुक्त औषधि तथा उपकरण बिक्री वितरण गर्दै आई रहेकोमा प्राथमिक अस्पताल थानकोटमा पनि सेवा दिने लागेको हो ।
साथै प्राथमिक अस्पताल र साझा स्वास्थ्य सेवाका बीच सम्झाैता भए संगै औषधी खरिदमा स्थानीय हरूले खुद्रा बिक्री मूल्यमा थप पाँच प्रतिशत छुट पाउनुका साथै स्वास्थ्य बीमाका सेवाग्राहीले सहज रूपमा औषधी पाउने भएको छ ।
स्वास्थ्य प्रति सचेत रही औषधिको क्षेत्रमा सेवा पु¥याउने पूनित उद्देश्यसहित साझा स्वास्थ्य सेवाले सेवा उपलब्ध गराउदै आएको छ।
साझा स्वास्थ्य सेवा संस्था नेपाल सरकारको अधिकांश लगानी रहेको छ भने औषधि बिक्री वितरणको क्षेत्रमा कृयाशील एक मात्र स्वास्थ्य सहकारी संस्था हो ।