आज नेपाल र जोर्डन भिड्दै

फिफा विश्वकप छनोट अन्तर्गत आज नेपाल जोर्डनसँग भिड्न लागेको छ।

कुवेतको जाबेर अल अह्मद रंगशालामा आज राति ९ः४५ बजे नेपाल र जोर्डनको खेल तय भएको छ। यसका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक अब्दुल्लाह अल्मुइतरीले बताएका छन्।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुइतरीले नेपाली टोली तयार रहेको जनाएका छन्। उनले दुवै टिमका जीत सहज नभएको बताए। नेपाली टोली जित्ने लक्ष्य सहित मैदानमा उत्रिने उनको भनाइ थियो।

समूह ‘बी’मा रहेको नेपालले २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो। त्यो जीतसँगै नेपालले ६ अंक जोडेको छ।

नेपालमा समूहका रहेका अस्ट्रेलिया १५ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै, जोर्डन र कुवेतको १०-१० अंक छ। चाइनिज ताइपेइले भने अंक जोड्न सकेको छैन।

आज जोर्डनलाई पराजित गर्न सकेमा नेपाल एसिया कप २०२३ का लागि छनोट हुनेछ। नेपालले अर्को खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।