
काठमाडौं,चैत २ – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफल बनाउन ट्यांकर चालक हडतालमा उत्रिएका छन्। बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निगमले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि त्यसको विरोध गर्दै पूर्वका ट्यांकर चालक बिहीबारदेखि पेट्रोलियम पदार्थ ढुवानी रोकेर हडतालमा उत्रिएका हुन्।
ट्यांकरचालकले इन्धन चुहावट रोक्ने निर्णयमा असहयोग गरेको निगमका अधिकारी बताउँछन् । ‘घुमाउरो ढंगले तेल चोर्न पाउनुपर्छ भन्ने माग राखेर ट्यांकर चालक हडतालमा उत्रिए,’ निगमका अधिकारीले भने, ‘गलत माग राखेर अवरोध सिर्जना गर्दा पूर्वमा पेट्रोलियम पदार्थ अभाव भएको छ।’ नागरिक दैनिकमा समाचार छ ।