उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय

1210

२४ भदौ, काठमाडौं । उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले  गृह मन्त्रालयसँगको परामर्श पछि खुकुलो बनाउने निर्णय गरेका हुन्।

लामो समयको लकडाउन र फेरि तीन सातादेखि जारी रहेको निषेधाज्ञाका कारण सर्वसाधारण जनता भोक भोकै बस्नु पर्ने अवस्था सृजना भइरहेका बेला काठमाडौं, ललितपुर र भक्तपुुरका प्रजिअहरुको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेका हुन् ।

तीन सातासम्म निषेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा ल्याउने भएको छ। जोरबिजोर प्रणाली अनुसार सवारी साधन सञ्चालनमा ल्याउन लागिएको हो। त्यस्तै, व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउन दिइने भएको छ।