काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा थप गर्दै निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी थालेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भने भएको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले लगाएको निषेधाज्ञा सोमबार राती १२ बजेबाट बाट सकिँदैछ । त्यसैले निषेधाज्ञा थपको निर्णय गर्न आज साँझ ५ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको स्रोतले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.