
काठमाडौं, ८ भदाै । उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ ।
उपत्यका नगरपालिका फोरमले उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।
फोरममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी पनि उपस्थित थिए। उक्त बैठकले हरेक पालिकामा देखिएका कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पी सी आर परिक्षणको काम द्रुत गतिमा निशेधाज्ञा अवधि भित्रै गर्न सी आइ सी टी टोलीसँग सहकार्य गरि अघि बढ्ने पनि निर्णय गरेको गिरीले बताउनुभयो।