एकै दिन थपिए दुइ हजार भन्दा बढी, काठमाडौं उपत्यकामा मात्र ८५९ जनामा संक्रमण पुष्टि

काठमाडौं, असाेज २ गते । नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् ।  यससँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ५९ संक्रमित थपिएका छन् ।जसमध्ये काठमाडौंमा मात्र ६ सय ९८ संक्रमित थपिएका छन् भने ललितपुरमा ७९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८२ जना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घण्टा ८७१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ ।