
काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको हो ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद अधिकारीका अनुसार अहिले निर्णयको ड्राफ्ट तयार हुँदैछ ।