काठमाण्डाै उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा लम्बियो

1720

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका हो ।

पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।