रोसन दानी,
३० कात्तिक, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन राजधानीको चन्द्रागिरि डाँडामा पुगेर विद्युत आपूर्ति के कस्तो छ भनेर अवलोकन गरेका छन।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ,नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली चन्द्रागिरि हिल्स पुगेर अवलोकन गरेका हुन् ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएर सिधै चन्द्रागिरि पुगेका थिए ।
उनले अघि भने, ‘हामीले पिक आवरमा बढीमा ११ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब ११ सयको वरिपरिमात्रै खपत भयो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन सबैले झिलिमिली बत्ती बाल्ने वातावरण निर्माण भयो हामीले सवै अवलोनक गर्यो मन्त्री पुनले भने ।
मन्त्री पुनले पनि धेरै मेहनत गरेर नयाँ कार्यकारी निर्देशक र भार प्रेषण केन्द्रका कर्मचारीले तिहारको लोड व्यवस्थापन गर्न सफल भएको भन्दै धन्यवाद दिए ।
मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन सम्पूर्ण नेपालीमा अपीलसमेत गरे
उनले देशभरका सबै विद्युत उत्पादन, बितरण र प्रशारण केन्द्रका प्रमुखहरुलाई तिहार अवधिमा कतै नगई पूर्ण निगरानीका साथ रहन निर्देशन समेत दिएका थिए ।
Leave a Reply
You must be logged in to post a comment.