कोरोनाको मतलब छैन, चन्द्रागिरि-सतुंगल पसलहरुमा भिड

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल र डिपार्टमेन्टर स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ । साथै, सर्वसाधारणलाई खाद्यान्न खरिदका लागि दुई दिनको समय दिइएको हो। तर, सागसब्जी, माछामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।




प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको हो। खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको हो।

यसका कारण छोटो समयमा पसल खुल्दा थप भिड हुँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

अरु समयमा झण्डै १२ घण्टासम्म खुला रहने पसल अहिले ३ देखि ४ घण्टा खुलाउदा त्यो समयमा आउने मानिसहरु यो समयमा एकैसाथ आँउदा झन् बढि भिड र जोखिम देखिएको छ । यस प्रकारको निषेधाज्ञाले कोरोना संक्रमणको चेचब्रेक भन्दा पनि झन् खतरा देखिएको बताइन्छ ।

विहिबार विहान सतुंगल चोक देखि बिष्णु देबी मा.बि सम्म (सतुंगल- सिम तले) मा भएको भिड निषेधाज्ञा भन्न पनि अप्ठेरो हुने किसिमको देखिएको थियो ।

स्थानीय पसल ब्यवसायी बुद्ध श्रेष्ठले त्यहाँको तस्बिर हाल्दै निषेधाज्ञाको अवस्था भनेर सामाजिक सञ्जालमा पोष्ट नै गरेकाछन्।

प्रशासन तथा प्रहरीलेमात्र निषेधाज्ञा पालना गराउने अवस्था रहन्न । यसमा सबै सचेत हुनुपर्ने हो तर सतुंगलमा भएको देखिदैन। जिल्ला प्रशासन कार्यालय तथा सरोकारावालाहरुले पनि निषेधाज्ञामा लापरवाही देखिएको बताउदै आएकाछन् ।

चन्द्रागिरि वडा १० – ११ मा कोभिड १९ संक्रमण उति नै  संक्रणको जोखिममा छ । तर पसलको भिड देख यहाँका मानिसहरु अझै डराएका छैनन्।