
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।
निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ।