चन्द्रगिरि हिल्सले च.न.पा वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दालाई आईपीओ बिक्री गर्ने

3307
chandragiri cabel car

मंङ्सिर १७ गतेदेखि चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले रू. १०० अंकित दरका ३ लाख ६ हजार ८१९ कित्ता प्रति शेयर आयोजना प्रभावित स्थानियलाई निष्कासन गर्ने लागेको हो ।

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर १८ करोड ४० लाख रुपैयाँको आईपिओ निष्काशन गर्ने भएको छ । उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।