चन्द्रागिरिमा अक्सिजन प्लान्ट निर्माण सुरु : दैनिक ४० ठूलो सिलिन्डर उत्पादन हुने

1516

काठमाडौं । नगरस्तरीय अाइसाेलेशन संचालन गर्दै अाइरहेकाे मातातिर्थ सामुदायिक अस्पताल काे अक्सिजन प्लान्ट जडानले तिब्रता पाएकाे छ । झण्डै ७४ लाखकाे लागतमा जडान गर्न लागिएका प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलाे हाे ।जडान गर्न कम्पनी सँग सम्झौता भइसकेकाे र अबकाे एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयाेजक सन्ताेस खड्काले बताएका छन्।

याे अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने छ यतिबेला प्लानकाे फाउन्डेसनकाे काम भटाभट भइरहेकाे नगर भैतिकपुर्बधार समिति संयाेजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारि दिए । वडाकाे अान्तरिक स्राेत र दाताहरुको अार्थिक सहयाेगमा याे अक्सिजन प्लान्ट जडान गर्न लागिएकाे हाे।हालसम्म दाताहरुबाट नगद रु १५७७४४३ संकलन भइसकेकाे छ भने सहयाेग अाउने क्रम अझै जारि रहेकाे र नगरबाट पनि सहयाेग प्राप्त हुने संयाेजक खड्काले बताए। हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेकाे र प्लान्ट स्थापना सगै नगरपालिका अक्सिजनमा अात्मनिर्भर हुने अध्यक्ष खड्काकाे दाबि रहेकाे छ। जेष्ठ एक गते बाट संचालित यस अाइशाेलेसन केन्द्रमा तिस शैयाबाट सेवा सुरु गरिएकाे थियाे।

अावश्यकता अनुसार बढाउन सकिने छ । प्रदेश र स्थानिय सरकारकाे सहयाेगमा अन्य पुर्बधार निर्माण भएतापनि अस्पताल संचालनमा थिएन। दाेश्राे भेरियन्ट सुरु भए सगै चन्द्रागिरि नगरपालिमा संक्रमितकाे संख्या ह्वात्तै बढ्न पुगेकाे थियाे। र नगरकाे बैठकले याे अस्पताललाइ अाइशाेलेशन बनाउने निर्णय गरेकाे थियाे । हालसम्म नगरमा ४१८६ संक्रमित भएका मध्य ३४८७ जनाले काेराेनालाइ परास्त गरिसकेका छन्। २५ जना अाइसाेलेशन र अस्पतालमा उपचारत छन् भने ६२९ जना हाेम अाइसाेलेशनमा बसेका छन्। काेराेना सक्रमणकै कारण चन्द्रागिरि नगरपालिमा ५४ जनाकाे मृत्यु भइसकेकाे छ।