
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १ सय १३ जनामा गरिएको आरडिटी परीक्षणमा ९ जनामा कोरोनाको पोजेटिभ देखिएको छ।
मंगलबार गरिएको परीक्षणमा वडा न १२ मा १ पुरुष र १ महिला वडा १३ मा २ पुरुष र २ महिला , वडा १४ मा १ पुरुष र २ महिला गरि जम्मा ९जनामा पाेजे टिभ देखिएकाे चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए।
‘अब उनीहरूको पिसिआर विधिबाट पनि परीक्षण गरिने छ,’ उनले भने।
उनीहरूलाई अहिले क्वारेन्टाइनमा राखिएको उनले बताए।
मंगलबार बसेको बैठकले थप जेष्ठ ७ गते बिहान ६ बजेदेखि जेठ ९ गते बिहान ५ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले जेष्ठ ३ गते १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ ।
यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरीमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।