चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट पहिलो मृत्यु

3181

१८ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-५ का ६७ वर्षीय बृद्ध छाउनी हस्पिटल मृत्यु भएको हो। उनी मधुमेहको बिरामी थिइन् ।

साथै पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १२४ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या १२४ पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये ५२ जना निको भएका छन् भने २४ जना अस्पतालमा र घरमा ४७ जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  ७८ जना पुरुष, ४६ जना महिला र २ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या १ पुगेको छ।