चन्द्रागिरि नगरपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६० पुग्यो

756

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् । चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार
च.न.पा वडा ८ मा ७ जना,
च.न.पा वडा १२ मा १ जना
गरि चन्द्रागिरि नगरपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २६० पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या २८० पुगेको हो।

संक्रमण पुष्टि भएकामध्ये १०१ जना निको भएका छन् भने ७७ जना अस्पतालमा र घरमा ८० जना उपचार भइरहेको छन् ।

साथै संक्रमण पुष्टि भएकामध्ये  १७२ जना पुरुष, ८८ जना महिला र ६ जना बालबालिका रहेको छन्।

साथै चन्द्रागिरि नगरपालिकामा मृत्युको संख्या २ पुगेको छ ।