
चन्द्रागिरी नगरपालिकाले विपद व्यवस्थापनकका लागि आपतकालीन दैवीप्रकोप उद्वार सामग्री प्रहरीलाई हस्तान्तरण गरेको छ ।
राजधानीको चन्द्रागिरी नगरपालिका स्थित महानगरीय प्रहरी वृत्त थानकोटमा एक कार्यक्रम विच चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी प्रमुख बसन्त कुमार लामालाई दैवीप्रकोप उद्वार सम्वन्धी सामग्रीहरु हस्तान्तरण गरेका हुुन ।
समुदाय प्रहरी साझेदारी अन्र्तगत नगरपालिकाको करिव ८ लाख वजेटमा पहिलो फेजमा जडान गरिएको अत्याधुनिक सिसिटिभि उद्घाटन समेत गरिएको छ । कार्यक्रममा वोल्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले प्रहरी सेवालाई प्रभावकारी बनाउँदै राजधानीबासीलाई शान्ति सुरक्षाको महसुस दिलाउ कामहरु भईरहेको वताए ।
काठमाण्डौं प्रहरी प्रमुख लामाले काठमाडौंको शान्ति सुरक्षालाई चुस्त दुरूस्त पार्न कुनै पनि कसुर बाँकी नराख्ने बताएका हुन्। उनले भने ‘मेरो प्रथमिकता भनेकै प्रहरीले काम गर्दैन भन्ने कुरालाई मेटाउँदै प्रहरी पनि छ है भन्ने हो।’ लामाले शान्ती सुरक्षाको जिम्वेवारी लिएको प्रहरीलाई समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानिय र प्रहरी विचको दुरी वाटै अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा कायम गर्न कुरामा प्रहरी अग्रसर भएको वताए ।
भविष्यमा हुन सक्ने दैविक प्रकोप वाढी पहिरो लागायत दैविक प्रकोप उद्वार सम्वन्धी सामग्रीहरु प्रहरीलाई प्रदान गरेको प्रति नगरपालिकालाई धन्यवाद दिर्दै प्रहरीको दक्ष तथा प्रविधिक टोलीले दैविक प्रकोप उद्वार तालिम प्राप्त प्रहरीहरुले सहयोग मिल्ने विश्वास व्यत्त गरे ।
कार्यक्रममा महानगरी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समुदाय प्रहरी साझेदारी अन्र्तगत नगरको शान्ती सुरक्षा, उद्धार र भवितव्यमा प्रहरीहरु सधै तैनाथ र सर्तक रहेको वताए । उनले कुनै पनि बिसंम परिस्थितिमा नगरपालिकाले हस्तान्तरण गरेको समाग्री वहुउपयोगी हुने वताए ।
कार्यक्रममा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले विगतका घटना वाट पाठ सिक्दै घटना हुनु अगावै र कुनै पनि दैविक विपतीमा तयारी अवस्थामा रहन सकिएको खण्डमा मात्र जनधनको सुरक्षा गर्न सकिने वताए । उनले कुनै पनि विपत भने कुरा कल्पना भन्दा वाहिरको कुरा रहेको र पहिलेनै पुर्व तयारीको वारेमा ज्ञान प्रदान गर्न सकियो भने मात्र ठुलो उपलव्धी हासिल हुने जिकिर गरे । चन्द्रगिरी नगरपालिकाले आपतकालीन दैवीप्रकोप उद्वार सामग्रीहरु एचएम एस १थान, कार्बिन,अटो लक कार्बिन थान४, फिगर बेली डिभाइस २ थान, एटिसि गाइड २थान,जैमर २थान मल पुलि २ थान, बिग पुलि २ थान डाइनामिक रोप १० थान, एमएमरोमि डाइनामिक रोप २ थान सेमी डाइनामिक रोप२ थान टेप सिलिङ टुवुलार१थानसिफ्टि बेल्ट २थान ट्रेकिङ ब्याग २थान रक हेल्मट२ थानक्लाईमिङ ग्लोभस थान २सि.ओ२ ग्यास(२के.जि.को) ७ थान एबिसि स्टोर प्रेसर(४के.जि.को) १३ थान, साभेल थान ४ पिक थान ४स्लेड ह्यामर थान२ हेल्मेट थान २ ग्लोब्स १२ थानसिम टेप रोल १२ थान सेफ्टी पोन थान ५ ग्लासेस आई प्रोटेक्टर थान १२, सेफ्टि भेस्ट १२थान, बोल्ड कटर३६“ थान १२, बोल्ड कटर १४“को थान २ गरि करिव करिव ५ लाख ५० हजार वरावरको सामाग्री प्रदान गरेको छ ।
आजै मात्र प्रहरी निरिक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले महानगरी प्रहरी वृत्त थानकोटका प्रहरीहरुलाई विपत व्यवस्थापन सम्वन्धी एक दिने तालिम र सामाग्रीको प्रयोग वारेमा तालिम दिएका हुन् ।
आपतकालिन अवस्थामा र भईपरि आउने विपत व्यवस्थापनका लागि भन्दै चन्द्रागिरी नगरपालिकाले नगर प्रमुख संयोजक रहने गरि चन्द्रागिरी नगरपालिका स्थानीय आपतकालिन सेवा केन्द्र स्थापना गरेको छ ।
फोटो सोन्जय:- सी न्युज नेपाल