चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सम्पन्न

चन्द्रागिरी, चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको आज सम्पन्न प्रथम साधारण सभा नेपाल उद्योग वाणिज्य संघ, प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल रिजालले स्वागत मन्तव्य राख्नुका साथै संघका अध्यक्ष राजेन्द्र विक्रम वानियाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा संघका महासचिव घनश्याम लुइँटेल वाट प्रस्तुत आगामी बर्षको नीति—योजना एवम् कार्यक्रम तथा कोषाध्यक्ष विष्णु प्रसाद शाहीले पेश गर्नुभएको संघको चालु आ ब आर्थिक प्रतिवेदन पनि सभावाट अनुमोदन गरिएको थियो।



jibss

संघिय संरचनामा नगर उद्योग वाणिज्य संघको औचित्य एवम् भुमिकाको वारेमा अध्यक्ष राजेन्द्र विक्रम वानियाले प्रकाश पार्नुभयो । त्यसैगरि संघले आगामी कार्यकालका लागि राजेन्द्र विक्रम वानियाको अध्यक्षतामा सुनिल रिजाल एवम् कृष्ण भक्त श्रेष्ठ उपाध्यक्ष, महासचिव घनश्याम लुईटेल, कोषाध्यक्ष विष्णु प्रसाद शाही, सचिव रमेश कार्की, सह— कोषाध्यक्ष ईन्द्रविर महर्जन सहित २५ सदस्यिय कार्य समिति पनि चयन गरेको छ।