चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दाको विरोध बाबजुत पनि साधारण शेयर बिक्री शुरु

  • 3
    Shares

काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन् ।

पहिलो चरणको साधारण शेयर बिक्री चन्द्रागिरी नगरपालिका वडा न ३,४,६ र ७ वडाका वासिन्दालाई मात्र नभई सम्पूर्ण च.न.पा वडा बासिन्दाहरु लाई बितरण गर्नु पर्ने माघ राख्दै विरोध भएको थियो।

साथै बिभिन् स्थानीय बासिन्दा को विरोध बाबुज्त पनि चन्द्रागिरी हिल्सले आईपीओ जारि गरिएको हो ।

स्थानीय बासिन्दा तथा युवा नेता समाजसेवी धर्मानन्द श्रेष्ठले आफ्नो फेसबुक मार्फत चन्द्रागिरि नगरका सबै बासिन्दाहरुले खरिद गर्न पाउनु पर्ने आफ्नो धारणा राखेको थिए।

स्थानीय बासिन्दा तथा नेपाली कांग्रेस ९ का सभापती गणेश ब. महर्जन र एकाई परिवार अच्युत अधिकारीले च.न.पा वडा न ९ कार्यलयमा चन्द्रागिरि नगरका सबै बासिन्दाहरुले खरिद गर्न पाउनु पर्ने च.न.पा वडा न ९ कार्यलयमा ज्ञापन पत्र बुजाएको थिए।

पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ । कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कुल चुक्तापूँजी रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी छ ।

 

 

 

 

 


  • 3
    Shares