
राजधानीको जडिबुटीमा टिपरको ठक्करबाट मंगलबार एकजनाको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौँ आउँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले बा ८५ प७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरको सल्लाघारी निवासी रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ट्रिपरले त्यही दिशाबाट कोटेश्वर आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय मोटरसाइकल चालक अमन ढुंगेल घाइते भएका छन् । ज्यान गुमाएका सुवेदी मोटरसाइकलको पछाडि थिए। घाइते भएका ढुंगेलको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ। धादिङको धार्के गाउँपालिका निवासी टिपर चालक हरिशरण राईलाई टिपरसहहितत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।