रोशन दानी, २१ भाद्र काठमाडौं ।काठमाडौं चन्द्रागिरि ३ थानकोट स्थित नेपाल आयल निगम थानकोट डिपाे नजिक माेडमा अति प्रज्वलनशिल पदार्थ डिजेल बाेकेकाे ट्याक्टर दुर्घटना भएकाे छ ।
रक्साेल डिपाेबाट थानकाेट डिपाेमा अनलाेडका लागि ल्याएकाे ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बाेकेकाे गाडी पल्टिएको नेपाल पेट्राेलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए ।
ना ७ ख ७३९ नम्बर ट्याङ्कीले २० केएल (२० हजार लिटर ) डिजेल रक्साेल डिपाेबाट थानकाेट डिपाेमा ल्याउदै थियाे अचानक ड्याम्म आवाज आयाे के भएकाे रहिछ भनेर घरवाट हेर्दा डिजेल ट्याङ्की उतानाे परेछ एक स्थानीयले भने ।”
उक्त ट्याङ्कर चालक सुरेश बिक भने सकुशल रहेकाे चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।
गाडी दुर्घटना हुदा गाडीकाे पाँच च्याम्वर मध्य दुई च्यावर ४ हजार लिटर डिजेल पाेखिएकाे छ । नजिकै निगमकाे डिपाे भएपनि ठुलाे दुर्घटना भने टरेकाे स्थानीयकाे भनाई छ । तस्बिरहरू
Leave a Reply
You must be logged in to post a comment.