
काठमाण्डाै, वैशाख १९ ।
नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१८ को नतिजा प्रकाशन हुँदैछ । गत असोज १८ गते मंगलबार देखि कार्तिक २२ गते सोमबारसम्म डिभी भरेका अावेदकहरुको नतिजा प्रकाशन हुन लागेको नेपालस्थित अमेरिकी राजदुतावासले जानकारी दिएको छ । डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिनेछ । अमेरिकामा रहेका व्यक्तिहरूले (७०३)९८८-३४२८ मा संपर्क गरी सोधपूछ गर्न सक्नेछन् । निवेदकहरुले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने जनाउँदै दुतावासले डिभी नतिजाका बारेमा हुने अनावश्यक विज्ञापनप्रति सजग हुन अाग्रह समेत गरेको छ ।
दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भन्दै छनोट भएका अावेदकहरूको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध नहुने नपठाइने जनाएको छ ।
यहाँ क्लिक गरि हेर्नुहोस् डिभी नतिजा
You must be logged in to post a comment.