दुईवटा अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिएको हो ।

बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालको राजनीतिक वृत्त एकाएक तातेको थियो।

राजनीतिक दल सम्बन्धी विधेयकमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था उक्त अध्यादेशमा गरिएको छ । साथै प्रतिपक्षी दलको नेताबिना संवैधानिक परिषद्को बैठक बस्ने गरि ल्याइएको अध्यादेशका विषयमा अन्तरपार्टी मात्र होइन सत्तापक्षबाटै विरोध भइरेहको थियो ।