
काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्गमा ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ। कुल २.६८८ किलोमिटर लम्बाईमध्ये ७०५ मिटर खनिएको हो। आयोजनामा मुख्य र सहायक गरी ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो। कोरोना महामारी समय भए पनि निषेधाज्ञामा कामलाई निरन्तर जारी रहेको छ।आयोजनामा हाल करिब ३०० जना कामदार खटिएका छन्।